TYAKKA !

Education ! Information ! Technology! with ट्याक्क !


मेरो लागि मर्छु भन्छ, साईलि दिदी तिम्रो पोईले’
जेजे पनि गर्छु भन्छ, साईलि दिदी तिम्रो पोईले।

तिम्ले माया गर्दिनौरे तिमि मनै पर्दिनौरे,
मेरो मनमा सर्छु भन्छ साईलि दिदी तिम्रो पोईले।

बाकि जीवन मेरै नाउमा पाईन भने मर्छु भन्दै,
भिरबाट झर्छु भन्छ साईलि दिदी तिम्रो पोईले।

आफ्नै हात काटिकन रगतको शिन्दुर बनाइ,
खालि शिउदो भर्छु भन्छ साईलि दिदी तिम्रो पोईले।

बाधाबन्ने समाजबाट टाढाजाउ “अनु” भन्दै,
सात सागर तर्छु भन्छ साईलि दिदी तिम्रो पोईले॥

VN:F [1.9.14_1148]
Rating: 6.3/10 (3 votes cast)
VN:F [1.9.14_1148]
Rating: +2 (from 2 votes)

सिंहदरबार

जनतालाई गोरु चुटे सरि चुट्छ सिँहदरबार ।
पर भाग्नुस् त्यहाँ बाट दिउसै लुट्छ सिंहदरबार ।

सुन्छु फेरि अर्को सरकार बन्ने सुरमा छ रे ।
यस बेला त प्याट्ट सिसा सरी फुट्छ सिँहदरबार ।

मैले आफ्नो गुमेको त्यो देशको सिमा मागेँ भने !
बैरिसंग मुख मिलाई जनतै भुट्छ सिँहदरबार ।

तेरो हकर्त कति कति, तलाई सम्झिँदामा मात्र ।
यता मेरो रिसको फोहरा छुट्छ सिँहदरबार !

प्रतिलिपी अधिकार सुरक्षित: Bishnu Bhurtel

VN:F [1.9.14_1148]
Rating: 10.0/10 (2 votes cast)
VN:F [1.9.14_1148]
Rating: +2 (from 2 votes)

फलानो

खुबै राम्रो गरि देखाउँछु भन्थ्यो फलानोले
आज आफ्नै खुट्टामा बन्चरो हान्यो फलानोले

समाज सेवा गरिटोपल्ने आफ्नै विकास गरी
निकै अकुत सम्पत्ति जोडी टोपल्यो फलानोले

फाईदा लुट्ने दाउमा पछि पछि धाउँथ्यो
चिप्ला चिप्ला बनावटी कुरा ल्यायो फलानोले

हेर्दा राम्रो बाहिर बोक्रो भित्र झन खोक्र्याथ्यो
मात्र एक कप चियामा जात फाल्यो फलानोले

अझै कति गिर्दो रहेछु भनी खुट्टा चाल्न छोड्यो
कालो बिरालो बनी मेरै बाटो काट्यो फलानोले

- चन्द्रविलास भूर्तेल ‘स्रिजन’

२०६८/०७/२१

VN:F [1.9.14_1148]
Rating: 7.3/10 (9 votes cast)
VN:F [1.9.14_1148]
Rating: +9 (from 9 votes)

ट्याक्क ! सदस्यता

ट्याक्क ! आह्वान !!!

ट्याक्क ! ट्याग

ट्याक्क ! फ्यान

ट्याक्क ! विज्ञ्यापन…

Work with me…


Chandra Bilash Bhurtel
srijucb@gmail.com
977 (985111) 7399

ट्याक्क ! घुमन्ते संख्या

ट्याक्क ! भण्डार

ट्याक्क ! विज्ञ्यापन…